मीनराजले ल्याए ‘पिपिरी’

By Meenraj Basanta - 5:57 AM




१८ फागुन शनिबार काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र हाङयुग अज्ञात तथा पठन संस्कृति बढाउन केन्द्रित समूह बुकाहोलिक्सकी सगुना शाहले कृति सार्वजनिक गरे ।  
कार्यक्रममा आख्यानकार तथा मदन पुरस्कार विजेता न्यौपानेले ‘पिपिरी’ भित्र दुई वटा कथा रहेको घटना र अनुभवको मीठो सँगालो रहेको टिप्पणी गरे । उपन्यासमा स्थानीय लवज र गाउँले उक्तिहरूको प्रयोगका लागि उनले लेखकलाई धन्यवाद समेत दिए । “पछिल्लो समय नेपाली साहित्यमा प्रादेशिक तथा स्थानीय लवजको प्रयोग भिन्न ढंगबाट हुन थाल्दा पाठकले छुट्टै स्वाद लिन पाएका छन्”, उनले भने, “त्यो स्वादमा यो उपन्यासले अर्को मिठास थपेको छ ।” 
अर्का वक्ता कवि अज्ञातले ‘पिपिरी’ मार्फत लेखक मीनराजले आफ्नो छुट्टै छवि निर्माण गर्न खोजेको बताए । उनले बाल मनोविज्ञानले समाजलाई हेर्ने दृष्टिकोण चित्रण गरिएको उपन्यासले आफ्नो मन छोएको उल्लेख गर्दै कमजोरी समेत औंल्याए । “उपन्यासभित्रको कथालाई हरेक पाठकले आफ्नो अनुकूलतामा बुझ्न सक्ने खुलापन छ”, उनले भने, “तर पुस्तक लेखिसिध्याउन लेखकले अलि हतार गरेजस्तो लाग्यो ।”
सगुना शाहले उपन्यास पढ्न शुरु गर्नु अघि ‘पिपिरी’ को अर्थ आफूलाई थाहा नभएको प्रसंग सुनाउँदै पुस्तकलाई करुण रसले भरिएको मीठो धुनको संज्ञा दिइन् ।
उपन्यासमा पात्रहरूको नाम दुई ठाउँमा मात्र उल्लेख गरिएको र त्यो नै आफूलाई सबैभन्दा रोचक त नयाँ लागेको उनले बताइन् । “सामान्य मानिसको जीवनलाई उपन्यासमा उजागर गरिएका कारण यसको कथाभित्र हरेक मानिसले आफूलाई प्रतिविम्बित गराउन सक्छन्”, उनले भनिन्, “लेखकले पुस्तकमा चिन्तनशील लेखनको उदाहरण प्रस्तुत गरेका छन् ।”
शाहले नेपाली समाजमा निराशा चिर्न आख्यान लेख्ने संस्कृति बढ्दै गएको र यस कार्यमा युवा पुस्ता बढी सक्रिय रहेको भन्दै युवा लेखकलाई हौसला दिएकोमा प्रकाशन संस्थालाई समेत धन्यवाद दिइन् । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य रु. ४५० राखिएको छ ।

  • Share:

You Might Also Like

1 comments

  1. Las Vegas' Wynn Casino - JTM Hub
    Casino. Wynn poormansguidetocasinogambling.com is a $4 billion resort with four hotel towers https://sol.edu.kg/ with 5,750 rooms and suites. Each www.jtmhub.com of the hotel towers includes a 20,000 kadangpintar square foot casino and a

    ReplyDelete